Birendranagar Municipality

नेपालको इतिहासमै जम्बो मन्त्रिमण्डल

नेपालको इतिहासमै जम्बो मन्त्रिमण्डल

सेरोफेरो
२५ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले राप्रपा प्रजातान्त्रिकलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।


तीन मन्त्री र एक राज्यमन्त्री थप भए पश्चात देउवा मन्त्रिमण्डल ५४ सदस्यीय हुनेछ । यो नेपालको इतिहासकै जम्बो मन्त्रिपरिषद् हो ।


प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको छ ।

राप्रपा प्रजातान्त्रिकका संसदीय दलका नेता दिपक बोहोरा विज्ञान, विक्रम पाण्डे वन र सुनिलबहादुर थापा उद्योगमन्त्री हुनेछन् भने रेशम लामाले उद्योग राज्यमन्त्री बन्ने छन् ।

२०७४ भदौ २५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्