Birendranagar Municipality

नवराज सिल्वालको रिट सर्वोच्चद्वारा खारेज

नवराज सिल्वालको रिट सर्वोच्चद्वारा खारेज

सेरोफेरो
२७ भदौ । सर्वोच्च अदालतले डीआईजी नवराज सिलवालको रिट निवेदन मंगलबार खारेज गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल पराजुलीसहित सात जना न्यायधीश संलग्न पुर्ण इजलाशले सिलवालको रिट खारेज गरेको हो ।


बरियता तथा कार्य सम्पादन मूल्यांकनमा आफू नै अगाडि रहेको अवस्थामा प्रकाश अर्याललाई आइजीपी बनाइएको भन्दै सिलवाल अदालतको शरणमा पुगेका थिए ।

 

अदालतले अर्यालको कार्य सम्पादन मूल्यांकन अंक १५४ दशमलव ४ र सिलवालको १५२ दशमलव २ देखिएको भन्दै सिलवालको मागदावी पूरा नहुने ठहर गर्दे रिट खारेज गरेको हो ।

फैसलासँगै करीब ६ महिनादेखि आइजीपी नियुक्ति प्रकरण मद्धा किनारा लागेको छ । मद्धा किनारा लागे संगै अर्याललाई आइजीपीका रुपमा काम गर्न बाटो खुलेको छ ।

२०७४ भदौ २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्