सेरोफेरो
२९ भदौ । न्यायपरिषद्को बैठकले एक सय ९७ जिल्ला न्यायाधीशहरुको सरुवा गर्ने निर्णय गरेको छ । बुधबार बसेको प्रधानन्यायाधीश एवम् न्यायपरिषद्का अध्यक्ष गोपाल पराजुलीसहितको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
यसैगरी बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नियुक्ति सिफारिस गरेको छ । सिफारिस हुनेमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर रहेका छन् । हाल सर्वोच्चमा चार जना स्थायी न्यायाधीश पद रिक्त छ ।
हेर्नुहाेस् सूची ः
प्रतिकृया दिनुहोस्