सेरोफेरो
२९ भदौ । सुर्खेतदेखि दैलेख जाँदै गरेको माइक्रो (हाइस) गुराँस गाउँपालिका वडा नं ४ सिमकोट मा दुर्घटना ग्रस्त भएको छ । काँक्रेबिहार यातायातको बा ४ ख ४२२२ नम्वरको माइक्रो सडकबाट करिव ३५ मिटर तल खसेको जनाइएको छ । के कारणले दुर्घटना भयो भन्ने कुरा नखुलेको काँक्रेविहार यातायात सुर्खेतका ईन्चार्ज दिपेन्द्र श्रेष्ठले जनाकारी दिए ।
हाइसमा चालक र सहचालक सहित १८ जना सवार थिए । दुर्घटनामा परि २ जना सामान्य घाइते भएको र बाँकी १६ जनालाई उपचारको लागि देउती नर्सिङहोम सुर्खेतमा पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रतिकृया दिनुहोस्