सेरोफेरो
२९ भदौ । प्रदेश नम्वर दुइमा असोज २ गते हुन गइरहेको स्थानिय तहको तेस्रो चरणको निर्वाचनको लागि सुक्रवार राति १२ बजेदेखि मौन अवधि शुरुहुने निर्वाचन आयोगले जनाएको छ । यो अवधि निर्वाचन कार्य सम्पन्न नहुँदासम्मको लागि लागु हुने जनाइएको छ ।
निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दे सुक्रवार राति १२ बजेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनितिक दल, दलको तर्फवाट उम्मेदवार भएका व्यक्तिहरु, राजनितिक दलका पदाधिकारीहरु, स्वतन्त्र उम्मेदवारहरु, नागरिक समाज, आम मतदाता तथा सम्पुर्ण सञ्चारजगतले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने जनाएको हो ।
निर्वाचन आचारसंहिता, २०७२ र स्थानिय तह निर्वाचन आचारसंहिता २०७३ मा व्यवस्था भएअनुसार मौन अवधि पालना गर्न अनुरोध गरिएको छ ।
मौन अवधिमा के गर्न हुदैन :
निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने ।
मौन अवधि शुरु हुनुभन्दा अगाडी मतदान केन्द्रको ३०० मिटर वरीपरि राखिएका आ -आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामाग्री हटाएको हुनुपर्ने ।
एस.एम.एस, फेसबुक भाइवर जस्ता विद्युतिय माध्ययमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
निर्वाचन चिन्ह अंकित सामाग्री प्रदर्शन गर्न नहुने र उम्मेदवार र दलसंग सम्वन्धीत समाचारहरु प्रशारण र प्रकाशन गर्न नपाइने ।

प्रतिकृया दिनुहोस्