Birendranagar Municipality

बालबालिकालाई सामाग्री हस्तान्तरण

बालबालिकालाई सामाग्री हस्तान्तरण

सेरोफेरो
२९ भदौ । ‘बालमैत्री शासनः बाल अधिकारको सम्मान’ भन्ने नाराका साथ शुक्रबार राष्ट्रिय बाल दिवस २०७४ मनाइएको छ । सुर्खेतमा बाल दिवसको अवसरमा अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले नवजीवन बाल संरक्षण केन्द्रमा विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।


वीरेन्द्रनगर स्थित संरक्षण केन्द्रमा एक कार्यक्रमको आयोजना गरी केन्द्रका ३९ जना बालबालिकालाई खाद्यान्न, शैक्षिक सामाग्री, फलफुल र तरकारी बितरण गरिएको थियो ।

 
‘आँफु बाचौं र अरुलाई पनि बाँच्ने अवसर प्रदान गरौं’ भन्ने मूल शन्देशका साथ अनमोल स्मृति प्रतिष्ठानले बालबालिकाको क्षेत्रमा विभिन्न काम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष निराजन शाहीले जानकारी दिए ।

29 child

२०७४ भदौ २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्