सेरोफेरो
२९ भदौ । सुर्खेतदेखि दैलेख जाँदै गरेको माइक्रो (हाइस) गुराँस गाउँपालिका वडा नं ४ सियाकोटमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका वडा नं १ का १३ वर्षीय ज्ञानेन्द्र विष्टको उपचारको क्रममा मृत्यु भएको हो ।
काँक्रेबिहार यातायातको बा ४ ख ४२२२ नम्वरको माइक्रो सडकबाट करिव ३५ मिटर तल खस्दा माइक्रोमा सवार २१ जना घाइते भएका थिए । घाइते मध्ये ४ जनाको मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल सुर्खेत, १ जनाको माया नर्सिङ होम र अन्यको देउती अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरी निरीक्षक रेशम बोहोराले सेरोफेरोलाइ जानकारी दिए । घाइतेहरुमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बोहोराले बताए ।
प्रतिकृया दिनुहोस्