Birendranagar Municipality

बालक हत्या आरोपीको घरमा आगजनी प्रयास : स्थिती तनाव ग्रस्त

सेरोफेरो
३० भदौ । कन्चनपुरको हल्दुखालमा १३ बर्षीय बालकको हत्या भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखाल स्थित महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्या आरोपी आशिष अधिकारिको घर गोठमा आगजनी गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो।

 

आगजनीबाट गोठ पुरै जलेर नष्ट भएको छ। घरमा समेत आगजनीको प्रयास हुन थालेपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन ९ सेल अश्रुग्याँस हानेको जनाइएको छ। आक्रोशित स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका छन्।

 

स्थानीय प्रशासनले स्थिती बिग्रीन नदिन घट्नास्थल वरपरको ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ। समयसीमा नतोकेरै निषेधित क्षेत्र घोषणा गरिएको कंचनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिए।

 

 चारदिनदेखि हराइरहेका बालक तिलक चन्दको हत्या भएको अवस्थामा बुधबार शब भेटिएपछि परिवार र आफन्त आक्रोशित बनेका हुन्।


स्कुलको खाजा खाने समयमा हराएका बालक चार दिन पछि स्कुलदेखि २ सय मिटरको दूरीमा रहेको खोलामा घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए। प्रहरीले हत्या गर्ने उनकै सहकर्मी  आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापालाइ पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारैजनालाई हिरासतमा राखी अनुसन्धानको गरिरहेको जनाएको छ ।

(अन्नपुर्णपोष्टको सहयोगमा)
 
 

२०७४ भदौ ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्