Birendranagar Municipality

आयल निगमका प्रमुखलाइ निलम्बन गर्न सुशासन समितिको पत्र

आयल निगमका प्रमुखलाइ निलम्बन गर्न सुशासन समितिको पत्र

सेरोफेरो
३० भदौ । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदको क्रममा  अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई संसदको सुशासन तथा अनुगमन समितिले निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ ।

 

निगमका कार्यकारी निर्देशक खड्काले जग्गा खरिदमा अनियमितता गरेको आपूर्ति मन्त्रालयको छानविन समितिले ठहर गरेको छ ।

 

साथै सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र पठाउदै छानविन प्रक्रिया टुंगो नपुगेसम्म निगम प्रमुख खड्कालाई दैनिक काम  गर्न नदिन निर्देशन दिएको जनाइएको छ ।

२०७४ भदौ ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्