Birendranagar Municipality

फोटो पत्रकार समुह सुर्खेतमा सुशिल

फोटो पत्रकार समुह सुर्खेतमा सुशिल

सेरोफेरो
३१ भदौ । राष्ट्रिय फोटो पत्रकार समुह सुर्खेत शाखाको अध्यक्षमा सुशिल खड्का चयन भएका छन् । राष्ट्रिय फोटो पत्रकार समुहको आयोजनामा शनिबार सुर्खेतमा सम्पन्न एक कार्यक्रमबाट खड्काको नेतृत्वमा ११ सदस्सीय शाखा कार्यसमिति चयन भएको हो ।


समितिको उपाध्यक्षमा बुद्धि सिंह ठकुरी, सचिवमा मानबहादुर वली, सह–सचिवमा खिमबहादुर बुढा र कोषाध्यक्षमा लक्ष्मी भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सिता वली, डिलप्रसाद शर्मा, पुर्ण बहादुर खड्का, मदन विक, यज्ञबहादुर खत्री र लक्ष्मण सुनार चयन भएका छन् ।


कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समुहका संस्थापक सदस्य हरी रेग्मीले पत्रकारीताको सम्पुर्ण विधामा फोटोको आवश्यकता भएको र फोटो पत्रकारीताको माध्यमबाटै समाजमा परिवर्तन सम्भब भएकोले नै फोटो पत्रकार समुह गठन गरिएको बताए ।

२०७४ भदौ ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्