सेरोफेरो
३१ भदौ । आलोपालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक वर्षमा ५ करोडको कारोबार गरेको छ ।
शनिबार संस्थाको दशौं वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिब कुलबहादुर खत्रीले एक बर्षमा सहकारीले करिब ५ करोड बराबरको आर्थिक कारोबार गर्न सफल भएको बताएका छन् ।
आर्थिक वर्ष ०७४/०७५ को वार्षिक कार्यक्रम तथा कार्ययोजना प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष धनबहादुर खत्रीले संस्थाले गर्दैआएका नियमित सामाजिक क्रियाकलापहरु आगामी दिनमा पनि गर्दै जाने बताए ।
साधारण सभामा जेष्ट शेयर सदस्यहरु, एकल महिला तथा एकल पुरुष शेयर सदस्यहरु, र शेयर सदस्यहरु मध्येवाट एसइइ मा उत्कृष्ट अंक प्राप्त गर्ने छोरा छोरीलाइ समेत हौसला प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सुरेश कुमार वली र सहसचिव गणेश वलीलाइ संस्थाको विकासमा सहयोग पु¥याएको भन्दै सम्मान गरिएको थियो ।
विरेन्द्रनगर नगरपालिका ११ का वडाध्यक्ष नन्दलाल शर्माले गांउगांउमा सहकारी पुग्नुपर्ने भन्दै सहकारीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संस्थाले जगत विसीको अध्यक्षता तथा डिभिजन सहकारी कार्यालय सुर्खेतका प्रमुख देविराम पौडेलको प्रमुख आथित्यतामा आफ्नो दशौं साधारण सभा सम्पन्न गरेको थियो ।
प्रतिकृया दिनुहोस्