सेरोफेरो
३१ भदौ । द्वन्द्वपीडितहरुको सहभागितामा गठन गरिएको जिल्ला स्तरीय संक्रमणकालीन न्याय तथा शान्ति मञ्चले शनिबार त्रिवेणी गाउँपालिका रुकुमका नवनिर्वाचित उपाध्यक्ष निर्मला विष्टलाई मुसिकोट खलंगामा बधाई दिएको छ ।
बैठकमा द्वन्द्वपीडितका आवाज उठाउने मञ्चमा रहेर संगसंगै काम गरेको र अहिले ती आवाज सुन्ने ठाउँमा पुगेको भन्दै मञ्चका सदस्यहरुले पीडितमैत्री भएर आफूहरुका समस्या समाधानका लागि काम गर्न अनुरोध गरेका छन् ।
बधाईपछि कार्यक्रममा बोल्दै उपाध्यक्ष विष्टले आफूले आफ्नो कार्यकालमा द्वन्द्वपीडित, एकल महिला र पछि पारिएका वर्गका लागि योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । विगतमा आफूहरुका लागि हरप्लेसले गाउँदेखि जिल्ला स्तरसम्म एकल महिलाका सञ्जाल निर्माण र क्षमता विकासमा सहयोग गरेको स्मरण गर्दै अब पनि द्वन्द्वपीडितहरुका लागि योजना निर्माणमा सहजिकरण गरी ठोस कार्ययोजना बनाउन सहयोग गर्न आग्रह गरिन् ।
प्रतिकृया दिनुहोस्