Birendranagar Municipality

समाजले गरायो रुकुमेलीको भेट

समाजले गरायो रुकुमेलीको भेट

सेरोफेरो
३१ भदौ, सुर्खेत । डीआइजि सुरेशविक्रम शाह जागीरको शिलशिलामा सुर्खेत आउने वित्तिकै यो ठाउँमा आफ्नो को होला ? सोच्न थाले । एसएलसिमा आफु भन्दा अघिल्ला व्याजी दिपक गौतमलाई सम्झे । सुर्खेतमै कार्यरत आफ्नो मातहतको अधिकृतलाई सोधे उनको बारेमा । कसरी भेट्न सकिएला ? हुटहुटीयो मन ।


अध्ययनको लागि रुकुमबाट सुर्खेत आएका डाक्टर दिपक गौतम सुर्खेत क्याम्पस (शिक्षा)मा प्राध्यापन गर्छन् । यतै घरजम गरेर बसेका गौतम हाल सुर्खेत क्याम्पस (शिक्षा)का सहायक क्याम्पस प्रमुख हुन् । सम्भवत उनि रुकुमबाटै विद्यावारीदी गर्ने पहिलो व्यक्ति हुन् ।

 

 

डा. गौतमसंग भेट हुनु पुर्व रुकुमका केही साथी डीआइजी शाहको कार्यकक्ष पुगे रुकुमेलीको साइनोले । बहाना थियो, रुकुमेलीहरुको कार्यक्रममा प्रमुख अतिथीको रुपमा निमन्त्रणा गर्ने । उक्त भेटघाटमा डीआइजी शाहले भने ‘रुकुमेलीको रुपमा यो ठाउँमा म एक्लो हुन्छु कि भन्ने सोचेंको थिँए आज खुसीले गद्गद् छु ।’


हुनुत शाह बसाइको हिसाबले काठमाडौं केन्द्रित हुन् । २५ वर्ष भयो रुकुम नगएको । ‘यसपालिको दशैंमा रजत महोत्सव मनाउने गरी गाउँ जाने योजनामा छु ।’ उनले भने ।


शनिबार रुकुमेली सेवा समाज सुर्खेतले डीआइजी र डा. गौतमको मात्र हैन सुर्खेतमा रहेका अधिकांश रुकुमेलीहरुलाई भेट गर्ने मौका जुराइदियो । ‘सुरेन्द्रजीसंग भेट नभएको ३० वर्ष भन्दा बढी भएको थियो, आज संयोजले भेट भयो’, बडा दशैं तथा दिपावलिको अवसरमा समाजद्वारा आयोजित शुभकामना कार्यक्रममा डा. गौतमले भने ।


विभिन्न पेशा, व्यवसाय, अध्ययन, बसाइ तथा अन्य काम विशेषले सुर्खेतमा रहेका रुकुमेलीहरुलाई एकता गर्ने र आपसमा सहयोग गर्ने उद्देश्यले सेवा समाजको स्थापना गरिएको तदर्थ समितीका संयोजक जस्विर रोकाले जानकारी दिए ।


नेपालको संघियताले रुकुमलाई दुई भागमा विभाजन गरेको छ । साविकको रुकुम भौगोलिक रुपमा दुई टुक्रा भएको छ । तर रुकुमेली सेवा समाज सुर्खेतले भने सुर्खेतमा रहेका सिंगो रुकुमेलीलाई समेट्ले लक्ष्य लिएको छ ।


कार्यक्रममा उपप्राध्यापकद्वय हरिबहादुर थापा र लालबहादुर ओली, उद्यमी उदीराम डाँगी सहित कलाकार, पत्रकार, विद्यार्थी लगायत करिब दुई सय जनाको सहभागीता रहेको थियो ।

२०७४ भदौ ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्