Birendranagar Municipality

यू-१९ एसिया कपका लागि नेपाल छनौटः हङकङ पराजित

सेरोफेरो
१ असोज । यू-१९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनौटको उपाधि नेपालले जितेको छ । आइतबार बिहान सम्पन्न फाइनलमा हङकङ ५ विकेटले पराजित भएको हो ।

 

उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ ।

 

मलेसियास्थित बायुमास ओभलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १४.४ ओभरमै पूरा गरेको थियो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । सेमिफाइनलमा अर्धशतक प्रहार गरेका ओपनर सन्दीप सुनारले १९ रन बनाए भने अर्का ओपनर आसिफ शेखले १ रनमात्र बनाउन सफल भएका थिए ।

 

तेस्रो नम्बरका ब्याट्सम्यान अनिल कुमार साहले १६ रन नेपालको खातामा जोडे । प्रनित थापामगरले अविजित १९ रन बनाए । बलिङमा हङकङका करनदीप सिंहले ३ तथा झाथवेद एस एसले २ विकेट लिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२=१ ओभरमा ७६ रन बनाउँदा सबै विकेट गुमायो ।

 

उसका हरप्रित सिंहले २० रन बनाए भने झाथवेद एस एसले १६ र वक्सास खानले १५ रन बनाए । अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

 

२०७४ असोज १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्