सेरोफेरो
१ असोज । असोज २ गते हुन गइरहेको तेस्रो चरणको स्थानिय तहको निर्वाचनमा मतदाता परिचयपत्र नभएपनि मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।
कुनै कारणबस फोटोसहितको मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त भएको परिचयपत्र हराएमा वा नष्ट भएको खण्डमा वैकल्पीक व्यवस्था अनुसार नेपाली नागरिकताको प्रमाणपत्र, २०७० सालमा आयोगवाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र तथा सरकारी निकायवाट जारी गरिएका प्रमाणको आधारमा समेत मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा समान्य त्रुटि पाइएमा स्थानिय तह निर्वाचन निर्देशिका २०७३ को दफा ४८ बमोजिम सानोतिनो भुलचुक मानी नागरिकता प्रमाणपत्रलाइ मुल आधार बनाइ मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

प्रतिकृया दिनुहोस्