Birendranagar Municipality

प्रधानमन्त्री देउवा मंगलबार न्यूयोर्क जाँदै

प्रधानमन्त्री देउवा मंगलबार न्यूयोर्क जाँदै

सेराेफेराे

१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन मंगलबार न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । उनले आगामि शनिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

परराष्ट्र मन्त्रालयका अनुसार सोही दिन उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई शिष्टाचार भेट गर्नेछन् । महासभा बैठकका क्रममा प्रधानमन्त्री देउवाले न्यूयोर्कमा बिहिबार अफगान राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री शहिद खाकान अब्बासीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नेछन् ।

 

महासभामा भाग लिन उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महारा आइतबार न्यूयोर्क प्रस्थान गरेका छन् ।

२०७४ असोज १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्