सेरोफेरो
२ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत सर्लाही जिल्लाको हर्कटवा जनता आधारभूत मावि केन्द्रमा ११६ वर्षीय भैरवबहादुर दमाईले मतदान गरेका छन् । उनले सोमबार विहानै उक्त मतदान केन्द्रमा गई भोट खसालेको संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको छ ।
प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा आज बिहान ७ः०० बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतदान कार्य आज बेलुकी ५ः०० बजेसम्म जारी रहनेछ ।
प्रतिकृया दिनुहोस्