सेरोफेरो
२ असोज । तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा झण्डै ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । सोमबार प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा मतदान भएको थियो ।
मतगणना आजैबाट सुरु गर्ने आयोगको तयारी छ । मतगणना सुरु भएको पाँच दिनभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने पनि आयोगले जनाएको छ ।
मतदान सकिएलगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पाँच दिनभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने गरी प्रवन्ध मिलाइएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस्