Birendranagar Municipality

देशभर मनाइयो संविधान दिवस

देशभर मनाइयो संविधान दिवस

सेरोफेरो
३ असोज । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी भएको दिन आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ । संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो ।

 

काठमाडौंको टुँडीखेलमा आयोजित समारोहकाअवसरमा नेपाली सेनाका दुई हेलिकप्टरबाट 'संविधान दिवस–२०७४' लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । संविधानसभा मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा शान्तिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीले शान्तिका दूत परेवा उडाएका थिए ।

 

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल स्काउटबाट विशेष मार्च पास गरिएको थियो भने विभिन्न वेशभूषा झल्कने सांस्कृतिक प्रदर्शनी गरिएको थियो ।


यसैगरी प्रदेश नम्वर ६ को संभावित राजधानी सुर्खेतमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइयो । जिल्ला समारोह समितिका अनुसार मंगलबार बिहान प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

 

२०७४ असोज ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्