Birendranagar Municipality

दुई नम्बर प्रदेशको पहिलो मेयरमा राजपाका उमेदवार बिजयी

सेरोफेरो

४ असोज । प्रदेश नम्बर २ को पहिलो मेयर राजपाले हात पारेको छ । राजपाका उमेदवार रामज्ञान मण्डल धनुषाको हंसपुर नगरपालिकाको मेयरमा निर्वाचित भयपछि स्थानीय तहको प्रमुखमा खाता खोलेको हो । 

 

मण्डलले ३३२० मत पाएका थिए भने उनका निकटतम प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका उमेदवारले ३२१९ मत पाएका थिए । 

 

यसैगरी उपमेयरमा राजपाका उमेदवार रेणु झा बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको  छ ।

२०७४ असोज ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्