सेरोफेरो
५ असोज । रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रीनाकुमारी साह निर्वाचित भएकी छन् । यससंगै साह 'मधेश' भनेर चिनिने २ नम्बर प्रदेशको पहिलो महिला मेयर बनेकी छन् ।
साहले संघीय फोरमका राम एकवाल रायलाई १७०४ मतान्तरले पराजित गरी मेयर पदमा निर्वाचित भएकी हुन् । उनले तीन हजार नौ सय १२ मत पाएकी थिइन् ।
रीना माओवादी केन्द्रका नेता एवं शहरी विकास मन्त्री प्रभु प्रभुकी पत्नीसमेत हुन् ।
प्रतिकृया दिनुहोस्