Birendranagar Municipality

सेरोफेरो सम्पादक विष्ट पुरस्कृत

सेरोफेरो सम्पादक विष्ट पुरस्कृत

सेरोफेरो
६ असोज । सेरोफेरो अनलाइन अखबारका सम्पादक टीका विष्ट प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । काउन्सिलले ४८ औं बार्षिकोत्सवको अवसरमा उनलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

 

काउन्सिलले रुपन्देहीका पत्रकार बालकृष्ण चापागाईंलाई एक लाख पाँच हजार राशीको गोपालदास पत्रकारिता पुरस्कार तथा सोही राशीको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार धर्मेन्द्र झालाई प्रदान गरेको छ ।

 

यसैगरी यस बर्षको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार सप्तकोशी एफएम रेडियो सुनसरीलाई प्रदान गरेको छ । काउन्सिलले पत्रकारिता क्षेत्रमा योगदान दिने झण्डै तीन दर्जन पत्रकार तथा सञ्चार माध्यामलाई पुरस्कृत गरेको हाे ।

 

काउन्सिलले शुक्रबार एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उक्त पुरस्कार प्रदान गरेको छ ।

pcn1

pcn2

२०७४ असोज ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्