Birendranagar Municipality

'उपचारको क्रममा बिरामीको मृत्यु भएमा डाक्टरले क्षतिपूर्ति दिने निर्णय भएको छैन'

सेरोफेरो
६ असोज । उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्वन्धित डाक्टरबाटै क्षतिपूर्ति भराउने निर्णय नभएको सरकारले जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सो कुरा जनाएको हो ।

 

उपचारका क्रममा चिकित्सकको लापरवाहीको कारणले बिरामीको मृत्यु भएमा पीडितहरुलाई क्षतिपूर्ति सम्बन्धित चिकित्सकहरुबाटै भराउने उद्देश्यले आवश्यक विधेयक निर्माण गर्ने मन्त्रिपरिषदको निर्णय भएको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले गत सोमबार सञ्चार माध्यामलाई जानकारी दिएका थिए ।

 

सरकारको उक्त निर्णयको विरोधमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । नेपाल चिकित्सक संघको आव्हानमा देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पारिएको छ ।

 

चौतर्फी विरोधपछि मन्त्रिपरिषदको कार्यालयले सरकारको निर्णय सार्वजनिक गरेको हो । जसमा 'चिकित्सकको चरम लापरवाहीका कारण विरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेशागत वा व्यवसायिक विमा र क्षतिपूर्ति लगायतका आवश्यक विषयहरुलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने’ भनिएको छ ।

PMO Statement

 

२०७४ असोज ६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्