सेरोफेरो
६ असोज । भारत र पाकिस्तानको सीमा जम्मु कश्मीरको केरन सेक्टरमा भएको दोहोरो गोली हानाहानमा एक गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी सेनाको गोली लागेर सिपाही राजेश खत्रीको मृत्यु भएको हो ।
दुल्लु नगरपालिका ११ कालभैरव दैलेखका खत्रीको जम्मु कश्मीरको कुपवाडा इलाकामा गत बुधबार भएको भिडन्तमा मृत्यु भएको हो । उनको पार्थिव शरीरलाई शुक्रबार बनारसस्थित हरिश्चन्द्र घाटमा सैनिक सम्मानका साथ अन्त्येष्टी गरिएको छ । २७ वर्षीय खत्रीका पत्नी र एक छोरा छन् ।
भिडन्तमा अन्य तीन घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
(तस्बिर ः एएनअाइ)
प्रतिकृया दिनुहोस्