सेरोफेरो
७ असोज । मधेस आन्दोलनको उद्गमस्थल सिराहाको लहान नगरपालिकामा नेकपा एमालेको जीत भएको छ । लहानको मेयरमा एमालेका मुनी साह र उपमेयरमा एमालेकै सरियार कुमारी चौधरी विजयी भएका हुन् ।
साहले ११३०७ मत पाए भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अचमितलाल चौधरीले ९१३८ मत पाएका थिए । उपमेयर चौधरीले १११६८ मत र उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी पूनम चौधरीले ९९०६ प्राप्त गरेकी छन् ।
०६३ माघ ५ गते लहानमा विद्यार्थी रमेश महतो मारिएपछि पहिलो मधेस आन्दोलन सुरु भएको थियो ।
लहानमा जीत हात पारेपनि समग्र २ नम्बर प्रदेशमा नेकपा एमाले पछाडी परेको छ । १०१ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसक्दा एमाले पाचौं स्थानमा सिमित भएको छ । नेपाली काँग्रेस, माअाेवादी केन्द्र, संङ्घीय समाजवादी फाेरम र राजपा अग्रस्थानमा छन् भने फाेरम लाेकतान्त्रिक छैटाैं स्थानमा रहेकाे छ ।
(तस्बिर ः अन्नपूर्णपाेष्ट)
प्रतिकृया दिनुहोस्