Birendranagar Municipality

उपमहानगरको पहिलो नतिजा एमालेको पोल्टामाः मेयरमा डा.कृष्ण पौडेल बिजयी

उपमहानगरको पहिलो नतिजा एमालेको पोल्टामाः मेयरमा डा.कृष्ण पौडेल बिजयी

तस्विरः लोकान्तर

सेरोफेरो
८ असोज । बाराको जितपुरसिमरा उपमहानगरपालिका नेकपा एमालेको पोल्टामा परेको छ । प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये पहिलो नतिजा एमालेको पक्षमा आएको छ। उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।


मुलुकको कान्छो उपमहानगरपालिका भनिने जीतपुरसिमरा उप–महानगरपालिकाको मेयरमा एमालेका युवा नेता डा.कृष्ण पौडेल १४ हजार ८ सय ६५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णव्रत सिंहले १२ हजार ४३ मत प्राप्त गरेका हुन् ।


यसैगरी उपमेयरमा एमालेकी सरस्वती चौधरी १४ हजार ४५९ मत प्राप्त गरी बिजयी भएकी छिन् । उनको निकटतम प्रतिस्पर्धामा रहेकी कांग्रेसकी निरु रायमाझीले १२ हजार ४६५ मत प्राप्त गरेकी छिन् । त्रिपक्षीय प्रतिस्पर्धामा रहेका माओवादीका मेयर उम्मेदवार राजन पौडेलले ११ हजार २ सय ४८ प्राप्त गरेका छन् ।


 बारा जिल्लामा एमालेको यो पहिलो जित हो । यसैगरी बाराको अन्य उपमहानगरपालिका कलैया र कोल्बीमा पनि एमालेको अग्रता कायमै छ ।

२०७४ असोज ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्