Birendranagar Municipality

यस्ता छन् प्रदेश प्रमुखलाई सुविधा

सेरोफेरो
१० असोज । संविधान बमोजिम आलंकारिक भूमिकामा रहने प्रदेश प्रमुखहरुलाई सरकारले सरकारी आवास, सवारी साधन र जम्बो सचिवालयसहितको आकर्षक सुविधा प्रस्ताव गरेको छ।

 

कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले सोमबार संसद् सचिवालयमा दर्ता गराएको 'प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' मा प्रदेश प्रमुखले मासिक ६४ हजार पारिश्रमिक, ४० हजार अतिथि सत्कार खर्च र वार्षिक १८ हजार रुपैयाँ पोसाक भत्ता पाउने उल्लेख छ।

 

प्रदेश प्रमुखका अन्य सुविधाहरु
सम्बन्धित प्रदेशको राजधानीमा सरकारी आवास (सरकारी आवासगृह नभए मासिक घरभाडा)


टेलिफोन, कम्प्युटर, इन्टरनेट, पत्रपत्रिकाजस्ता सञ्चार सुविधा

 

एक महिनाको पारिश्रमिक बराबर बर्षमा एकपटक चाडपर्व भत्ता

 

१५ लाख रुपैयाँ बिमा

 

स्वेदशभित्र दैनिक ३ हजार र विदेशमा तीन सय अमेरिकी डलर भ्रमण भत्ता

 

एक दर्जन कर्मचारी नियुक्त गर्न पाउने सचिवालय (निजी चिकित्सकसहित विज्ञ नियुक्तिको सुविधा)

 

प्रदेश प्रमुखको निजी सचिवालयमा नेपाल सरकारको सचिव सरह प्रमुख स्वकीय सचिव, सहस्वकीय सचिव, उपस्वकीय सचिव, स्वकीय अधिकृत रहने विधेयकमा प्रस्ताव गरिएको छ । त्यसैगरी फोटोग्राफर अधिकृत, कम्प्युटर सहायक, प्रशासन सहायक, लेखा सहायक एकरएक र सवारी चालक तथा कार्यालय सहयोगी २र२ जना पाउने प्रस्ताव गरिएको छ।

 

प्रदेश प्रमुखले प्रदेशसभाबाट पारित कानुन प्रमाणीकरण गर्ने, प्रदेश सरकार गठनको औपचारिकता पूरा गर्ने जस्ता भूमिका निर्वाह गर्नेछन् । नेपाल सरकारको प्रतिनिधिको रुपमा रहने प्रदेश प्रमुखको नियुक्ति राष्टपतिबाट हुने संबैधानिक प्रावधान छ ।

 

संविधानमा व्यवस्था भएअनुसार सरकारबाट प्रदेशको अस्थायी राजधानी तोक्न र प्रदेश प्रमुखको नियुक्त गर्न भने बाँकी छ।

२०७४ असोज १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्