Birendranagar Municipality

जर्मन चान्सलरमा एन्जेला मर्केल चौथोपटक निर्वाचित

जर्मन चान्सलरमा एन्जेला मर्केल चौथोपटक निर्वाचित

सेरोफेरो

१० असोज । जर्मन चान्सलरको निर्वाचनमा एन्जेला मर्केल पुनः निर्वाचित भएकी छन् । उनी चौथो पटक उक्त पदमा निर्वाचित भएकी हुन्। तर उनको कन्जरभेटिभ दल नेतृत्वको गठबन्धन सिडियु सिएसयुले भने इतिहासमा सबैभन्दा ठूलो हार व्यहोरेको छ । 

 

गठबन्धनले जम्मा ३३ प्रतिशत मत ल्याएको छ भने त्यसपछि एसपिडीले २० प्रतिशत मत ल्याई दोस्रो ठूलो दल बनेको छ । चान्सलरमा निर्वाचन जिते पनि मर्केललाई सरकार गठनका लागि अर्को राजनीतिक दलको सहयोग आवश्यक पर्नेछ । एसपिडीले यसअघिनै प्रतिपक्षी दलका रुपमा रहने घोषणा गरिसकेको छ।

 

विश्लेषकका अनुसार उनको दलले गएको करिब ७० बर्षको इतिहासमा सबैभन्दा थोरै मत यो निर्वाचनमा ल्याएको बताएका छन्।

२०७४ असोज १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्