सेरोफेरो
१० असोज । नेकपा (माओवादी केन्द्र) पश्चिम रुकुमले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेद्धारहरु सिफारिश गरेको छ । सदरमुकाम मुसीकोटमा आज सम्पन्न वैठकले प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्धारमा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरलाई सर्वसम्मत रुपमा सिफारिश गरेको हो ।
यसैगरी वैठकले प्रदेश सभामा क्षेत्र नं. २ वाट जिल्ला संयोजक गोपाल शर्मा अनललाई सर्वसम्मत रुपमा सिफारीश गर्ने निर्णय गरेको जिल्ला ईन्चार्ज राजकुमार शर्माले बताए ।
प्रदेश सभाको लागि क्षेत्र नं. १ मा भने उम्मेद्धारका आँकाक्षीहरुको संख्या धेरै भएकोले ८ जनाको नाम सिफारीश गरिएको ईन्चार्ज शर्माले जानकारी दिए । उनका अनुसार सहमति हुन नसकेपछी क्षेत्र नंं. १ को उम्मेद्धारको लागि विमला के.सी., महेन्द्र केसी, रातो कामी, अनिल शर्मा, वुद्धिप्रसाद शर्मा, वसन्त शर्मा, कलवहादुर नाथ र जयवहादुर पाण्डेलाई सिफारीश गरिएको छ ।
यसैगरि प्रतिनिधि सभाको लागि समानुपातिक तर्फ निमवहादुर वुढाथोकी, मिलन खड्का, पहलसिं घर्ती, दिपेन्द्र वि क, लक्ष्मी शर्मा र लुम्वीनी गौतमलाई सिफारीश गरिएको छ । वैठकले प्रदेश सभाको लागि समानुपातिक तर्फ पुश्प वादी, लक्ष्मी पुन, मिनवहादुर ओली, गणेशकुमार केसी, मनवहादुर वादी र प्रतिभा केसीलाई सिफारीस गर्ने निर्णय गरेको वताईएको छ ।
जिल्ला समितिले सिफारीश गरेका नामहरुबाट उम्मेद्धारहरुको अन्तिम टुंगो भने केन्द्रीय समितिले लगाउने छ ।
प्रतिकृया दिनुहोस्