Birendranagar Municipality

राष्ट्रिय गौरवको आयोजना बबईको शुरुङ खन्ने काम मेसिनबाट शुरु

राष्ट्रिय गौरवको आयोजना बबईको शुरुङ खन्ने काम मेसिनबाट शुरु

तस्विर : जगदिश्वर श्रेष्ठ

सेरोफेरो
१२ असोज । भेरी-बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको मेसिनबाट सुरूङ खन्ने काम सुरु भएको छ । फूलपातीको अवसर पारी सिँचाई मन्त्री संजयकुमार गौतमले मेसिनको स्वीच थिचेर उद्घाटन गरेका हुन् ।

राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको भेरी—बबई बहुउद्देश्यीय आयोजनाको लागि मेसिन भारत हुँदै सुर्खेतको बबइ सम्म ल्याइएको हो ।

चुरे पहाडमा सुरुङ खाल्न प्रयोग गरिएको (टीवीएम) मेसिन नेपालमा पहिलो पटक प्रयोग गरिएको हो  ।  

कार्यक्रम उद्घाटनको क्रममा बोल्दै मन्त्री गौतमले आयोजना सम्पन्न भए बाँके बर्दियाको ५१ हजार कृषि क्षेत्र सिँचित हुने र यो क्षेत्र खाद्यन्नमा आत्मनिर्भर हुने बताए ।

भेरी-बबइ आयोजनाबाट मेसिनको प्रयोगको शुरुवात भएको र यसले नेपालको विकासमा ठुलो टेवा पुर्‍याउने आयोजनाका निर्देशक शिव कुमार वस्नेतले बताए । ६ वर्षअघि काम सुरु गरेको आयोजनाले हालसम्म १५० मीटर मात्र सुरूङ खन्ने काम सकेको छ । २ सय ७४ मिटर लम्बाईको टीवीएम मध्ये १ सय ३० मीटर जडान गरिएको बस्नेतले बताए ।

सन् २०२० को मार्चमा सम्पन्न गर्नुपर्ने आयोजनाको कुल लागत १० अर्ब ५६ करोड रहेको बस्नेतले जनाए ।  सरकारले राष्ट्रिय गौरवको भेरी—बबई डाईभर्सन वहुउद्देश्यीय आयोजना निर्माण गर्न चिनको चाईना ओभरसिज ईन्जिनियरिङ्ग ग्रुपसँग सम्झौता गरेको थियो ।

२०७४ असोज १२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्