सेरोफेरो
१४ असोज । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज देशभर हर्षोल्लासका साथ मनाइदै छ । आफ्ना मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरी दशै मनाइदैछ ।
देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको साथै टिकाको साइत ११:५५ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमले दशैमा आफुलाइ उपयुक्त साइतमा जतिबेला पनि टिका लगाउन सकिने बताए ।
घटस्थापनाका दिन घरमा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने प्रचलन रहेको छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा रहेको विजयादशमी बडा दशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।
प्रतिकृया दिनुहोस्