सेरोफेरो
१४ असोज । विजयादशमी २०७४ को अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीेले देश तथा विदेशका हिन्दुहरुलाइ शुभकामना व्यक्त गरेकी छन् । सवै जातजाती र धर्मको फुलवारीको प्रतिकको रुपमा रहेका हाम्रा चार्डपर्वहरुले भौगोलीक, धार्मीक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्रभाव र सामाजिक एकता कायम गर्न सफल रहेको शुभकामनामा उल्लेख छ ।
भण्डारीले विभिन्न भुगोल, जाती, भाषा, वर्ण र धर्म विचमा समान अवसरको ढोका खोली राष्ट्रिय एकता र सामाजिक सद्भाव र भातृत्व कायम रहोस् भनि शुभकामना व्यक्त गरेकी छन् ।
शितल निवासमा सर्वसाधारणलाइ टिका लगाइदै:
यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट महानुभावदेखि सर्वसाधारणसम्मलाई दशैंको टीका लगाइदिने भएकी छन् । राष्ट्रपति भण्डारीले शितल निवासमा आज दिउँसो २ बजेदेखि दशैंको टीका लगाइदिने कार्यक्रम रहेको जनाइएको छ ।
उपप्रधानमन्त्री, मन्त्री, सांसद लगायत विशिष्ट महानुभावलाई २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने समय छुट्याइएको शितल निवासले जनाएको छ ।
प्रतिकृया दिनुहोस्