Birendranagar Municipality

एमाले र माओवादी केन्द्र विच चुनावी तालमेल : पार्टी एकताको सहमती

सहमतिको औपचारिक घोषणाका लागि आज साझ ५ बजे राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ। पार्टीका शिर्ष नेताहरु सहितको बैठकवाट दुवै पार्टीका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने सहमतिमा पुगेको बताइएको छ । जसअनुसार प्रत्यक्षतर्फ एमालेले ६० र माओवादीले ४० प्रतिशत उम्मेदवार उठाउने सहमती भएको छ ।
एमाले र माओवादी केन्द्र विच चुनावी तालमेल : पार्टी एकताको सहमती

सेरोफेरो
१७ असोज । नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको जनाइएको छ । सहमतिको औपचारिक घोषणाका लागि आज साझ ५ बजे राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ।

पत्रकार सम्मेलनमै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ ।

एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच मंगलबार ललितपुरको एक निजी घरमा भएको वार्ताले चुनावी तालमेलसँगै पार्टी एकताको बारे अन्तिम रुप दिएको हो ।

पार्टीका शिर्ष नेताहरु सहितको बैठकवाट दुवै पार्टीका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने सहमतिमा पुगेको बताइएको छ । जसअनुसार प्रत्यक्षतर्फ एमालेले ६० र माओवादीले ४० प्रतिशत उम्मेदवार उठाउने सहमती भएको छ ।

संघ र प्रदेशको चुनाव लगतै पार्टी एकता गर्ने सहमति भएको र त्यसका लागि पार्टी एकता संयोजन समितिको घोषणा आजै हुने बताइएको छ ।

उक्त समितिमा एमालेबाट अध्यक्ष ओलीका साथै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्षन बामदेव गौतम रहनेछन् भने माओवादी केन्द्रबाट प्रचण्डका साथै नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहनेछन् ।

चुनाव चिन्हको बारेका भने अझै टुङ्गो लागको छैन भने दुई दलबीच साझा विधान बनाउन मस्यौदा समिति बनाउने सहमति समेत जुटेको छ ।

२०७४ असोज १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्