सेरोफेरो
१७ असोज । संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं कपिलवस्तु निर्वाचन क्षेत्र नं. ५ का सांसद अभिषेक प्रताप शाहले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
मधेश र मधेशी जनताको भावना अनुसार पार्टी नेतृत्वले काम गर्न नसकेको भन्दै उनले राजिनामा दिइएको बताएका छन् ।
सांसद शाहले पार्टी नेतृत्वले मधेशलाई २ नम्वर प्रदेशमा मात्रै सिमित गरेको, पार्टीबाट समानुपातिक सांसद बनाउंदा ठुलो रकम लिने गरेको, मधेश आन्दोलनबाट पार्टी नेतृत्वमा रहेका मधेशी नेताहरुले अकुत सम्पत्ति कमाएको जस्ता क्रियाकलापहरु आफुलाई मन नपरेको भन्दै आफु साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
प्रतिकृया दिनुहोस्