Birendranagar Municipality

एमाले र माओवादी एकतामा नयाँशक्ति थपियो : वाम एकताको शुरुवात

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी को चुनावी तालमेलसँगै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई सूर्य चिन्हबाट चुनाव लड्ने बताइएको छ ।
एमाले र माओवादी एकतामा नयाँशक्ति थपियो : वाम एकताको शुरुवात

सेरोफेरो
१७ असोज । चुनावी तालमेल र पार्टी एकता गर्ने दुई ठुला पार्टीहरुको सहमतिलाइ समर्थन गर्दे नयाँ शक्ति पनि सामेल भएको छ । विगत लामो समयदेखि वाम एकतामा विभिन्न वामपन्थी नेताहरुले आवाज उठाउदै आएका थिए ।

 

आज साँझ ५ बजेको  पत्रकार सम्मेलन र घोषणासभामा एमाले, माओवादी र नयाँ शक्तिले चुनावी तालमेल र पार्टी एकताको संयुक्त घोषणा गर्ने बताइएको छ।

मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकताको सहमति भएको थियो । एमाले अध्यक्ष ओलीले नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँगको  छलफललाइ समेत जारी राखेका थिए ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी को चुनावी तालमेलसँगै  नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई सूर्य चिन्हबाट चुनाव लड्ने बताइएको छ ।

२०७४ असोज १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्