सेरोफेरो
२० असोज । आणविक हतियार हटाउने अन्तर्राष्ट्रिय अभियानलाई यस बर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ । सो अभियानको अथक प्रयासपछि आणविक हतियारमा प्रतिबन्ध लगाउने सन्धी निर्माणमा सफलता मिलेकाले नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
नोबेल कमिटिका अध्यक्ष बेरिट रेइस–एन्डरसनले हाल विश्वमा आणविक हतियार प्रयोगको खतरा उच्च रहेकाले यसविरुद्धको अभियानलाई प्रोत्साहित गर्नुपर्ने बताएकी छन् । उनले रसायनिक निशस्त्रीकरणका लागि पहल थाल्न आणविक कार्यक्रम सञ्चालन भएका मुलुकलाई आग्रह समेत गरेकी छन् ।
प्रतिकृया दिनुहोस्