सेरोफेरो
२० असोज । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गरेका हुन् ।
उपाध्यायले आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन राजदूत पदबाट राजीनामा दिएका हुन् । नेपाल आउनुअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजसंगको भेटमा समेत आफू अब राजनीतिमा सक्रिय हुने जानकारी दिएका थिए । यद्यपि उनले नयाँ दिल्लीमा बिदाई भेट भने गरेका छैनन् ।
ओली सरकारले फिर्ता बोलाएका उनी भारतका लागि पुनः राजदूतको रुपमा गएको एक वर्ष भएको छ । सुशील कोइराला प्रधानमन्त्री छँदा भारतमा हाई प्रोफाइल राजदूत पठाउने भन्दै मन्त्री भइसकेका उपाध्यायलाई नेपाली काँग्रेसको केन्द्रीय सदस्यबाट राजीनामा गराएर राजदूत बनाएका थिए । भारतीय नाकाबन्दीले नेपाल–भारत सम्बन्ध असहज बनेको समयमा उनी राजदूत भई काम गरेका थिए ।
प्रतिकृया दिनुहोस्