Birendranagar Municipality

नवराज सिलवाल एमालेमा प्रवेश

नवराज सिलवाल एमालेमा प्रवेश

सेरोफेरो
२० असोज । पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् ।


सर्वोच्च अदालतले आइजिपी प्रकरणमा सिलवालको मुद्दा खारेज गरेपछि नेपाल प्रहरीको डीआइजीबाट उनले राजीनामा दिएका थिए । तर, उनको राजीनामा अझै स्वीकृत भएको छैन । आफूलाई आईजीपी बनाउन माग राख्दै उनी अदालत गएका थिए । अदालतबाट न्याय नपाएपछि उनले जनतामा जाने बताउँदै आएका थिए ।

२०७४ असोज २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्