सेरोफेरो
२१ असोज । नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा बागी उम्मेदवारी दिएका कार्यकर्तालाइ आगामि दुइ चरणको निर्वाचनको लागि उम्मेदवार नबनाउने निर्णय गरेको छ । साथै बागी उम्मेदवारलाई सहयोग गर्ने कार्यकर्ताहरुलाइ समेत चुनावमा नउठाउने निर्णय गरेको हो ।
यसैगरी बैठकले २०७० को निर्वाचनमा समानुपातिक सांसद रहेकालाई आगामी निर्वाचनमा पुनः समानुपातिक उम्मेदवार नबनाउने समेत निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार भएकालाई उम्मेदवार नबनाउने भएको हो।
केन्द्रीय समिति बैठकमा महामन्त्री शशांक कोइरालाले समानुपातिक सांसदलाई फेरि समानुपातिक उम्मेदवार बनाउन नहुने प्रस्ताव गरेका थिए।
केन्द्रीय समितिले मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनको टिकट वितरणका लागि संसदीय बोर्ड बनाउन सभापति शेरबहादुर देउवालाई जिम्मा दिने निर्णय समेत गरेको छ। पार्टी विधानमा संसदीय बोर्डले नै प्रतिनिधिसभाका सांसद उम्मेदवार चयन गर्नु पर्ने व्यवस्था छ।
प्रतिकृया दिनुहोस्