सेरोफेरो
२१ असोज। सामाजिक विभेदमा आधारित चलचित्र अछुत शनिवार सुर्खेतमा रिलिज भएको छ ।
२१ औँ साताब्दीमा आईपुग्दा पनि समाजमा जातिय विभेद ब्याप्त रहेको भन्दै यसलाई न्युनिकरण गर्न कानुनले मात्र नसक्ने भएकाले मान्छेहरुको शोचाई र चिन्तनमा परिवर्तन ल्याउन चलचित्रले महत्वपुर्ण भुमिका खेल्न सक्ने लेखक तथा निर्देशक बालकृष्ण सुनारले जानकारी दिए ।
चलचित्रको रिलिजमा बोल्दै वीरेन्द्रनगर नगरपालीकाका उप मेयर मोहनमाया ढकालले चलचित्रले समाजमा रहेको कुरिती तथा कुसंस्कारलाइ अन्त्य गर्न भुमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
सुर्खेतीका अग्रज तथा अन्य कलाकारहरुको अभिनय रहेको यो चलचित्रले जातिय छुवाछुतको अवस्था, कारण र समाधान बारे सन्देश दिएको छ ।
काँक्रेविहार मुभिहाउस सुर्खेतले उत्पादन गरेको चलचित्रमा संजीब बराल र सपना सापकोटाको प्रमुख भुमिका रहेको छ ।
चलचित्रमा वरिष्ठ कलाकार प्रेमदेव गिरी संगै कलाकारहरु गणेश भक्त गौतम, प्रकाश पौडेल, अकबर खान, गिता कटुवाल, शेरबहादुर आचार्य, दिपेन्द्र वली लगायत दुई दर्जन भन्दा बढि कलाककारहरुले अभिनय गरेका छन् ।
बालकृष्ण सुनारको लेखन तथा निर्देशन रहेको चलचित्र अछुतमा संगित तिलक गन्धर्व, द्धन्द निर्देशक विशाल सानु श्रेष्ठ, सम्पादन वलभद्र वौडेल र छायांकन अकवर खानले गरेका छन् ।
प्रतिकृया दिनुहोस्