सेराेफेराे
२३ असाेज । नेपाल प्रहरीका डिआइजी नवराज सिलवालकाे राजीनामा स्वीकृत भएको छ। उनले गत भदौ २७ गते प्रहरी सेवाबाट अलग भएको घोषणा गर्दै प्रहरी प्रधान कार्यालय समक्ष राजीनामा पेश गरेका थिए।
प्रहरी प्रधान कार्यालयले असोज १ गते उनको राजीनामा गृह मन्त्रालयमा बुझाएको थियो। गृहमन्त्री जर्नादन शर्माले गत शुक्रबार उनको राजीनामा स्वीकृत गरेको गृह मन्त्रालय स्रोतले जनाएकाे छ ।
गत शुक्रबार दिउँसो नै सिलवाल एमाले प्रवेश गरेका थिए। राजीनामा नै स्वीकृत नभई एमाले प्रवेश गरेको भन्दै उनको आलोचना भएको थियो। पार्टी प्रवेश गर्नुअघि नै उनकाे राजीनामा स्वीकृत भएकाे हाे या पछि त्याे भने एकीन छैन।
सरकारले वरीयता मिचेर अाइजीपी नियुक्त गरेकाे भन्दै राजीनामा दिएपनि राजीनामापत्रमा उनले घरायसी कारण देखाएका छन् । राजनीतिमा नलागे राजनीति अाफूभित्र प्रवेश गर्ने पार्टी प्रवेश कार्यक्रममा उनले बताएका थिए ।
प्रतिकृया दिनुहोस्