सेराेफेराे
२३ असाेज । नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । साेमबार बसेकाे मन्त्रिपरिषदको बैठकले अर्थ मन्त्रालयबाट प्रस्तावित तीन जनामध्ये साउदलाई चार बर्षका लागि नियूक्त गरेको हो।
यसअघिका सिइओ सिताराम थपलियाको असार तेस्रो साता कार्यकाल सकिएपछि नेप्से सिइओबिहीन थियो । अर्थ मन्त्रालयको छनौट समितिले नेप्सेको सिइओका लागि ज्योति विकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवाली, नेपाल इन्स्योरेन्सका पूर्व सिइओ साउद र प्रोफेसर प्रमोदराज शर्माको नाम प्रस्ताव गरेको थियो ।
साउदसँग इन्स्योरेन्स कम्पनीमा लामो समय काम गरेको अनुभव छ। एमबिएससम्मको अध्ययन गरेका उनी हाल अध्यापन पेशामा संलग्न छन्।
प्रतिकृया दिनुहोस्