सेराेफेराे
२५ असोज । लिओनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छनोट भएको छ । बुधबार विहान भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा इक्वेडरले पहिलो मिनेटमा नै इब्राको गोलबाट अग्रता लिएको थियो । तर, १२ औं मिनेटमा बराबरी गोल गरेका मेस्सीले २० औं मिनेटमा दोस्रो गोल गरे र ६२ औं मिनेटमा ह्याट्रिक गर्दै अर्जेन्टिनाको जित निश्चित गरे ।
जितसँगै अर्जेटिना २८ अंकका साथ तेस्रो भएकाे छ । दक्षिण अमेरिकी समूहबाट ब्रजिल यसअघि नै छनोट भइसकेको थियो । बाँकी तीन स्थानका लागि पाँच टिम प्रतिस्पर्धामा थिए र, छनोट चरणको अन्तिम खेल निर्णायक थियो ।
लुइस स्वरेजको दुई गोलको मदतमा बोलिभियालाई ४–२ ले हराएको उरुग्वे दोस्रो स्थानमा रह्यो । पेरुसँग १–१ को बराबरी खेलेपछि कोलम्बियाले चौथो स्थानमा रहेर विश्वकपमा स्थान बनायो ।
पाँचौ भएको पेरुले प्ले अफ खेल्नेछ । तर, ब्राजिलसँग ३–० ले हारेपछि चिली बाहिरिएको छ । दुबैको समान २६ अंक भएपनि गोल अन्तरका आधार पेरु पाँचौं बन्यो । अागामी विश्वकप रूसमा हुँदैछ ।
प्रतिकृया दिनुहोस्