सेरोफेरो
असोज २५ । नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) बीच पार्टी एकता भएको छ । बुधबार एक कार्यक्रमबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्तका अध्यक्ष गणेश साहले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरी पार्टी एकता सम्पन्न गरे ।
कार्यक्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थी र कम्युनिष्टहरुको एकताले समाजवादी क्रान्ति सम्पन्न गर्न सहयोग पुग्ने बताए । उनले भने– 'नेपालमा दुई तिहाइ वामपन्थी जनमत छ । त्यसलाई एकीकृत गर्न सके नेपालबाट एक्काइसौं शताब्दीको समाजवादी क्रान्तिको मोडल विकास गर्न सकिन्छ ।'
संयुक्तका अध्यक्ष साहले पार्टीको सोमबार र मंगलबार बसेको केन्द्रीय समितिको बैठकमा सर्वसम्मतिले पार्टी एकताको निर्णय गरेको जानकारी दिए । कम्युनिष्ट पार्टीहरुको एकताले सामन्तवादको अन्त्य गर्न सहयोग पुग्ने बताए ।
संयुक्तमा बिष्णुबहादुर मानन्धर, चन्द्रदेव जोशीजस्ता पुराना कम्युनिष्ट नेता छन् भने हाल सो पार्टीका तीन जना सांसद छन् । वर्तमान सरकारमा संयुक्तबाट प्रतिनिधित्व गर्दै मिथिला चौधरी जनसंख्या तथा वातावरण मन्त्री रहेकी छन् ।
प्रतिकृया दिनुहोस्