सेरोफेरो
२६ असोज । मेक्सिकोको एक कारागारमा रहेका कैदीहरु बीचको विवादले झडपको रुप लिँदा १३ जनाको मृत्यु भएको छ । झडपमा परी ४८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटना स्थल अहिले प्रहरीले नियन्त्रणमा छ ।
नुएभो लेओन राज्यमा रहेको काडेरेता कारागारमा दुई समूह बीच झडप भएको थियो । उक्त कारागारमा यसअघि पनि पटक–पटक आन्तरिक झगडा र झडप भएको बुझिएको छ । झडपमा परी दर्जनौंको मृत्यु भइसकेको छ । गत मार्च महिनामा भएको झडपमा परी चार जनाको मृत्यु भएको थियो ।
नुएभो लेओन राज्यका सुरक्षा प्रवक्ता अल्डो फास्कीले पत्रकार सम्मेलनमा घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाएका छन् । घाइतेहरूको स्पष्ट पहिचान हुन नसकेको मेक्सिको प्रहरीले जनाएको छ ।
(एजेन्सीको सहयोगमा)
प्रतिकृया दिनुहोस्