सेरोफेरो
२७ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबारदेखि राजधानीमा सुरु हुने आठौं महाधिवेशनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्नेछ ।
अध्यक्षका लागि हालसम्म भवन भट्ट, जमुना गुरुङ र टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको उपाध्यक्षमा कुमार पन्त, खगेन्द्र जीसी, सोनाम लामा र चिरञ्जीवी थापाले दाबी गरेका छन् । त्यस्तै महिला उपाध्यक्षमा रञ्जु वाग्ले र सपिला राजभण्डारी तथा महासचिवमा त्रिलोक गुरुङ र बद्री केसीबीच प्रतिस्पर्धा हुने भएको छ ।
उमेदवार भट्टको जापानसहित युरोपका विभिन्न देशका रेष्टुराँमा लगानी रहेको छ । उनले मिडिया र उड्डयन व्यवसायमा पनि लगानी गरेका छन् । अध्यक्षका अर्का प्रत्यासी गुरुङ अष्ट्रेलियाको एघारौं धनी महिलाको सूचीमा रहेकी छन् । गुरुङ वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती समेत हुन् ।
प्रतिकृया दिनुहोस्