२७ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार साँझ उनले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री सहित अन्य तीनजना मन्त्री नियुक्त गरेका हुन् ।
उनले राप्रपाका दिनानाथ गिरी, जयन्त चन्द र विक्रम थापालाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् भने कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।
यससंगै मन्त्रीको संख्या ६४ पुगेको छ। यो इतिहासमै सबैभन्दा ठूलो मन्त्रिपरिषद् हो। सत्ता साझेदार दल माओवादीले प्रतिपक्षी एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले राप्रपालाई सरकारमा ल्याएका हुन् ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा थपिने चार मन्त्री र चार राज्यमन्त्रीको नामावली शुक्रबार साँझै राष्ट्रपति कार्यालयमा पठाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले भने सरकारकाे उक्त कदम निर्वाचन आचारसंहिता विपरित हाे वा हाेइन भनी निर्वाचन आयोगसँग परामर्श गर्ने भएकी छन् ।
संविधान बमाेजिम शनिबार संसद विघटन हुँदैछ ।


प्रतिकृया दिनुहोस्