सेरोफेरो
२८ असोज । संविधानसभाबाट नेपालको संविधान बनाई जारी गरेका सभासदहरुले जीवनभर लगाउन पाउने गरी विशिष्ठ प्रकारको पहिचान अंकित लोगो पाउने भएका छन् ।
शनिबार सांसदहरुको औपचारिक बिदाईका क्रममा सभामुख ओनसरी घर्ती मगरले उक्त लोगो प्रदान गर्ने कार्यक्रम रहेको छ । संवधिान निर्माणका लागि चार वर्षअघि संविधानसभा सदस्यको निर्वाचन भएको थियो । ६४ सालमा गठित संविधानसभाले संविधान निर्माण गर्न नपाउँदै म्याद सकिएपछि पुनः निर्वाचन भएको थियो ।
व्यवस्थापिका संसद् सचिवलायले दोस्रो संविधानसभाका सदस्यहरुलाई लागो दिएर बिदाइ गर्नका लागि शनिबार अपराह्न संसद् भवनमा विशेष बैठकको आयोजना गरेको छ ।कार्यक्रम अनुसार शुरुमा सबै सांसदहरुको फोटो सेसन हुनेछ । सचिवालयले उक्त फोटो लेमिनेशन गरेर सबै सांसदलाई उपलव्ध गराउनेछ । त्यसपछि उनीहरुलाई संविधान निर्माण गरेबापत कदरस्वरुप लोगो उपलव्ध गराइनेछ ।

उक्त बिदाइ बैठकलाई संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । बैठकपछि सभामुख ओनसरी घर्तीको तर्फबाट संसद् भवन परिसरमै रात्रीभोजको आयोजना गरिएको छ ।
निर्वाचन आयोगले असोज २९ गते प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारहरुको मनोनयनको मिति तोकेकाले संवैधानिक प्रावधान बमोजिम २८ गते मध्यरातिदेखि रुपान्तरित व्यवस्थपिका संसद बिघटन हुन लागेको हो ।
(तस्बिर ः व्यवस्थापिका संसद सचिवालय)
प्रतिकृया दिनुहोस्