Birendranagar Municipality

व्यवस्थापिका–संसदको औपचारिक अन्त्य

व्यवस्थापिका–संसदको औपचारिक अन्त्य

सेरोफेरो
२८ असोज । संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसदको आज औपचारिक अन्त्य भएको छ । शनिबार बसेको व्यवस्थापिका–संसदको अन्तिम बैठकमा सभामुख ओनसरी घर्ती मगरले उक्त घोषणा गरेकी हुन् ।


संसदको बिदाई गर्न आव्हान गरिएको बैठक अपराह्न ३ बजेदेखि सुरु भएको थियो । बैठक बस्नुअघि सांसदहरुले सभामुख घर्तीसंग सामूहिक तस्बिर खिचाएका थिए ।

 

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख नेताले बैठकमा विदाइ सम्बोधन गरेका थिए । त्यसपछि सभामुख ओनसरी घर्तीले सदन समाप्त भएको औपचारिक घोषणा गरेकी थिइन् । शनिबारै सभामुख घर्तीले संसद् परिसरमा रात्रिभोजको आयोजना गरेकी छन् ।

 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतबार समानुपातिक तर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन तालिका छ। संबैधानिक प्राबधान अनुरुप त्यसको अघिल्लो दिन शनिबारनै संसदको अवधि सकिएको हो ।

 

२०७० माघ ८ देखि सुरु भएको संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका–संसदमा रुपान्तरित भएको थियो ।

 

(तस्बिर : सेताेपाटी)

२०७४ असोज २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्