सेरोफेरो
२८ असोज । उपप्रधानमन्त्री कमल थापा सहित मन्त्रीहरू जयन्तबहादुर चन्द, दिलानाथ गिरी र बिक्रमबहादुर थापाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ शीतल निवासमा अायाेजित एक समारोहमा ऊनीहरुलाई सपथ खुवाएकी हुन् ।
निर्वाचन आचार संहिता लागू भैसकेको अबस्थामा मन्त्रीमण्डल बिस्तार गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिरोध गरेको थियो । राष्ट्रपतिले अाज बिहान उक्त बिषयमा निर्वाचन आयोगका पदाधिकारीहरुसंग छलफल गरेकी थिइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारैै राप्रपाका चार मन्त्री र चार राज्यमन्त्री नियुक्त गरेका थिए । शनिबार मध्यरातदेखि व्यवस्थापिका संसदकाे अायु सकिंदै छ ।
प्रतिकृया दिनुहोस्